तत्कालीन केरवानी गाउँ पञ्चायतको वडा नं. ४ ढेकावर (हाल देवदह न.पा.-२ )मा वि.स. २०४१ साल पुष १ गते देखि संचालनमा रहेको यस श्री भविष्य निर्माण मा वि ढेकावर (स्थानिय समावसेवी एवं भू.पू. सैनिक, (विशेष गरेर भारतीय तथा बृटिस सेनाबाट सेवा निवृत्त) भई अवकास प्राप्त) एवं स्थानिय सर्वसाधरण किसान एवं अभिभावकहरुको सक्रीयतामा स्थापना भएको हो तत्कालीन समयमा यस ठाउँबाट अध्यनका लागी हाल देवदह–४ भवानीपुरमा रहेको महामाया भवानी मा.वि. सम्म करिव ५ कि.मि. को दुरीपार गरि जानु पर्द थियो कजरार नदीमा पुल नभएका कारण वर्षातको समयमा खोलामा वढी आएर आवत जावतमा निकै कठिनाई हुन्थ्यो भने यस विद्यालय देखि दक्षिण तर्फका वस्ती तथा गाउँबाट हालको खडक मा. वि. विर्ता सम्म करिव ६ किमी दुरी पार गरी (कक्षा ७ सम्म पढाई हुने) जाने गर्द थिए तत्कालीन समयमा विशेष गरेर छोरीहरु (छात्रा) बढि घरको काम धन्दामा लगाउने र विद्यालयमा पढ्नका लागि पठाउने चलन थिएन स्थापना समयमा नै १-३ सम्म पढाई संचालन भएकोमा विद्यालयले क्रमशः प्रत्येक वर्ष कक्षा थप गर्दै कक्षा-७सात) सम्मको पढाई संचालन गरेको थियो भने स्थापनाको दोस्रो वर्षमा अर्थात वि.स. २०४२ सालमा स्थायी स्वीकृत समेत प्राप्त गरि १(एक) स्थायी शिक्षक दरबन्दी समेत प्राप्त गरेको थियो
शुरुका दिनमा विद्यालय श्रोतमा शिक्षक तथा कर्मचारीको व्यवस्थापन गरिएको थियो भने त्यस पछिका वर्षहरुमा क्रमशः कक्षा १ देखि ५ कक्षा स्वीकृत तथा शिक्षक दरबन्दी प्राप्त गरि प्रा.वि. स्तरमा विद्यार्थी संख्याको अनुपातमा नौ वटा शिक्षक दरबन्दी प्राप्त गरेको थियो कक्षा ६ र ७ लामो समय सम्म विद्यालयश्रोतमा संचालन गरी वि.स. २०५२ सालमा नि.मा. स्तरमा कक्षा संचालनको अनुमति प्राप्त गरि क्रमश कक्षाहरू थप गर्दै वि. स. २०५६ सालमा यस विद्यालयबाट पहिलो पटक २० जना विद्यार्थीहरु एस.एल.सी. परीक्षामा सम्मिलित भई १३ जना विद्यार्थीहरुले नियमित तर्फबाट उत्तिर्ण गरेका थिए
तत्कालिन अवस्था सम्म आई पुग्दा विद्यालयले माध्यमिक तहमा १(एक) नि.मा. तहमा १ (एक) र प्राथमिक तहमा ९ (नौ) गरि जम्मा ११(एघार) स्थायी शिक्षक दरवन्दी प्राप्त गरेको थियो विद्यालयमा तहगत र विषयगत रुपमा आवश्यक पर्ने शिक्षक विद्यालयले विद्यालयश्रोतमा व्यवस्थापन गरि संचालन गर्दै आएको थियो जुन परम्परा आज सम्म पनि रहदै आएको छ विशेष गरेर आधारभूत तह ६,७ र ८ र माध्यमिक तहका कक्षा ९,१०,११,१२ मा अझ पनि विषयगत दरवन्दीहरु पुरा हुन सकिरहेको अवस्था छैन विद्यालयले तहगत रुपमा आफ्नो स्तर वृद्धि गर्ने क्रममा विस २०६५ देखि कक्षा ११ मा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा संचालन शुरु गरि क्रमश: कक्षा १२ सम्मको पठनपाठन संचालन गर्दै आएको छ हाल यस विद्यालयमा कक्षा ११-१२ मा व्यवस्थापन र शिक्षा संकायमा कक्षाहरु संचालन हुदै आएका छन्
पछिल्लो समयमा विद्यालय वरिपरि करिव २ कि.मी. दूरी भित्र ३ वटा सामुदायिक आधारभूत विद्यालय र ३ वटा संस्थागत विद्यालय ( २ वटा मा.वि. र १ वटा आधारभूत विद्यालय संचालन भएको अवस्थामा स्थानीय अभिभावकहरुको अंग्रेजी माध्यम प्रति मोह बढ्दै गएकोले आधारभूत तहमा विद्यार्थी संख्या घट्न थालेकोले शैक्षिक वर्ष २०७२ बाट आधारभूत तह कक्षा १,२,३ हुँदै हाल कक्षा दश सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट (कक्षा १-५ सम्म पूर्ण अंग्रेजी माध्यम) कक्षा संचालन गर्दै आएको छ र स-साना बालबालिकालाई आवत जावतका लागि पनि २०७६ देखि सवारी साधनको समेत व्यवस्थापन गरि संचालन गर्दै आएकोमा सन् २०१९ अगस्ट १५) भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार भारतीय राजदुतावास मार्फत १(एक) स्कूल बस प्राप्त भएको घोषणा र स्कूल बस २०७६ कार्तिक महिनादेखि विद्यालयले संचालनमा ल्याएको थियो यसवाट विद्यालयको पठनपाठनमा विद्यालयलाई सहयोग पुग्न गई शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने देखिन्छ साथै हाल यस विद्यालयमा संचालन हुदै आएको अंग्रेजी माध्यम तर्फ आगामी वर्षमा समेत निरन्तरता दिदै माध्यमिक तह (कक्षा १२) सम्म पुऱ्याउने लक्ष्य राखिएको छ
स्थापनाकाल देखि हालसम्म आईपुग्दा विद्यालयले आफ्नो स्थापना भएको दिनलाई विद्यालयको जन्म दिनको उपलक्ष्यमा वार्षिक उत्सव, अभिभावक दिवस मनाउदै आएको छ भने विद्यलयले स्थापनाको २५ वर्ष गरेको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि २०६६ साल पुष १ गते रजत जयन्ति समारोह मनाउदै विद्यालयको गतिविधि समेटिएको रजत जयन्ति स्मारिका - २०६६ संकल्प" नामक पुस्तिका प्रकाशन गरि विद्यालयको अभिलेख व्यवस्थापन गरेको छ
मतहतका कार्यालयहरु स्थानिय निकाय, अभिभावक, समाजसेवी, चन्दादाता, शिक्षाप्रेमिहरु सँग समय समयमा अन्तरक्रिया तथा समसामयिक विषयमा छलफल तथा गोष्ठिहरु संचालन गर्दै आएको छ विद्यालयको सु-संचालनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरुको भूमिका निरन्तर कियासिल रहेको छ