रुपन्देही जिल्लाको उत्तरपुर्वी भेगमा अवस्थित प्राकृतिक, धार्मिक, ऎतिहासिक , पुरातात्त्विक , सास्कृतिक , शैक्षिक एवम पर्यटकीय गरिमा बोकेको साविक केरवानी ७ हाल देवदह नगरपालिका ४ भवानिपुरमा २०२७ सालमा यस क्षेत्रको विकासको पुनित महायज्ञमा सरिक हुनुभएका तत्कालीन समाजसेवी, वुद्धिजीवी , विद्वत्बर्ग , शिक्षाप्रेमी व्यकत्तित्व तथा जनसमुदायको पहलमा स्थापित श्री महामाया भवानी माध्यमिक विद्यालयले यस क्षेत्रको शैक्षिक आवस्यतालाई मध्य नजर गर्दै सवैको साथ सहयोगबाट २०३२ सालमा निम्न माध्यमिक , २०३६ सालमा माध्यमिक विद्यालय तथा २०५२ सालमा साविकको उच्च मा. वि. तहअन्तर्गत कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरी यश क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाईको केन्द्रको रुपमा आफुलाई उभ्याउन सफल भयो l २०५२ अघिको श्री भवानी मा. वि. २०५२ सालमा नाम परिवर्तन भइ महामया भवानी माध्यमिक विद्यालयको नामबाट सञ्चालन भइरहेको छ l
२०७७ सालमा ५०औं वसन्तमा प्रवेश गरेको सुखद अवसरमा तिव्र चाहाना हुदाहुदै पनि कोरोनाको महामारीबाट सिर्जित विषम परिस्थितिमा यस विद्यालयको स्वर्ण महोत्सव आयोजना गर्न असम्भव रहेको यथार्थ हजुर हामी सवैलाई विदित नै छ l परन्तु स्थापना कालको आधा शताब्दी सफलतापुर्वक पार गर्न सफल जीवन्त इतिहास बोकेको यश विद्यालयको स्वर्ण महोत्सव आफैंमा महत्त्वपूर्ण हुन्छ, त्यसैले जसरिपनी सुसम्पन्न गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गरिकन तपसिल उदेश्य अंगालेर हामिले २०८० फागुन १२ गते देखि १८ गते सम्म विविध कार्यक्रमका साथ भब्य रुपमा स्वर्ण महोत्सव सम्पन्न गरियो l