मझेरी भान्सा घरमा तपाईंलाई नेपाली स्वादको साँचो अनुभूति दिलाउने हाम्रो लक्ष्य हो परम्परागत नेपाली खानालाई आधुनिक प्रस्तुतीसँग जोड्दै, हामीले घरजस्तो मिठास र आत्मीयता प्रदान गर्ने प्रयास गरेका छौँ l
हाम्रो भान्सामा प्रयोग हुने सबै सामग्री ताजा, स्वच्छ र गुणस्तरीय हुन्छन् गाउँघरको मौलिक स्वादलाई शहरमा अनुभव गराउने उद्देश्यका साथ तयार गरिएका परिकारहरूले तपाईंलाई आफ्नै घरको सम्झना दिलाउनेछन् l
मझेरी भान्सा घर केवल खानपानको स्थान मात्र नभई, परिवार, साथीभाइ र आफन्तहरूसँग रमाइलो समय बिताउने सुन्दर गन्तव्य पनि हो यहाँको वातावरण, सेवा र स्वादले तपाईंको हरेक क्षणलाई विशेष बनाउनेछ l
हामी सधैं ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ l