शुभ दीपावली तथा देउसी कार्यक्रम सम्पन्न
30th October, 2024Seven Star English Boarding School
हिन्दु नेपालीहरुको महान चाड तिहारको अवसरमा सेभेन स्टार इ. बो स्कुलको आयोजनामा शुभ दीपावली तथा देउसी कार्यक्रम सम्पन्न भएको छ विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कमल गिरीको विशेष अग्रसरतामा कक्षा ८, ९ र १० का विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो उक्त कार्यक्रममा ५ टिमको सहभागिता भएकोमा उत्कृष्ट हुने तीन टिमलाई नगद रकम सहित सम्मान गरिएको थियो लक्ष्मी पुजाको अघिल्लो दिन आयोजना गरिएको कार्यक्रममा विद्यालयको प्रवन्ध निर्देशक मोहन गिरी, विद्यालयका प्राचार्य टिकाराम चापागाई, सह प्राचार्य तीर्थराज पन्थी लगायतको सहभागिता रहेको थियो शिक्षकहरु सञ्जय कुमार बरुण, लेखनाथ डुम्रे, आशिष गुरुङ , शंकर प्रसाद पौडेल तथा रवि पौडेल ले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो
You have to login to leave a review
