विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न
14th November, 2024Seven Star English Boarding School
देवदह नगरपालिका वडा नं. २ मा स्थित सेभेन स्टार इ. बोर्डिङ्ग स्कुलको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले भब्य कार्यक्रमका बिच विद्यार्थी स्वागत कार्यक्रम आज सम्पन्न गरेका छन् कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा गरेको कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि विद्यालय सञ्चालन समितिका अध्यक्ष प्रजापती सापकोटा, विशिष्ट अथिति विद्यालयका सह प्राचार्य एवम् कक्षा ११ ,१२ का संयोजक तीर्थराज पन्थी, शिक्षकहरु प्रकाश अधिकारी, लेखनाथ डुम्रे, ऋषि भण्डारी, सुवास गिरी लगायतको सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रजापती सापकोटाले अनुशासन सहितको गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको हुदा त्यसको लागि सेभेन स्टार इ बो स्कुलमा सोहि अनुसार पठन पाठनमा अगाडि बढाइरहेको र आगामी दिनहरुमा विद्यालयले उत्कृष्ट नतिजाको साथ साथै विद्यार्थीहरुको संस्कारिक पक्षमा समेत जोड दिने कुरा व्यक्त गर्नु भएको थियो कार्यक्रममा बोल्दै विद्यालयका सह प्राचार्य तीर्थराज पन्थीले कलेजको स्थापना कालदेखिको छोटो अवधिमा विद्यालयको कक्षा ११ र १२ ले प्राप्त गरेको सफलता तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै सेमेन स्टार स्कुलको कलेजले देवदह नगरपालिका मात्र नभई जिल्लामा समेत आफ्नो छुट्टै पहिचान बनाएको धारणा व्यक्त गर्नु भयो कार्यक्रममा बोल्दै शिक्षक प्रकाश अधिकारी तथा ऋषिराम भण्डारीले नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै सेभेन स्टारलाई आफ्नो उच्च माध्यमिक तहको गन्तब्य बनाएकोमा खुसी व्यक्त गर्नुभयो विगत वर्षहरुको कक्षा १२ को नतिजा हेर्दा देवदह नगरपालिकामै उत्कृष्ट नतिजा प्राप्त गरेको सम्झना गर्दै आगामि दिनहरुमा पनि सोहि किसिमको नतिजा आउने अपेक्षा व्यक्त गर्नु भयो कार्यक्रममा विभिन्न विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रदर्शन गरेका थिए कार्यक्रम कक्षा १२ का विद्यार्थीहरु रमेश बोहोरा र फुल कुमारी थारुको सञ्चालनमा सम्पनन भएको हो
You have to login to leave a review
