सुनवल नगरपालिकामा रिकण्डिसन शोरुम सञ्चालनमा
14th February, 2025Shree Kalika Recondition And Parts
नवलपरासी – गुणस्तरीय सेवा र ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै, श्री कालिका रिकण्डिसन एण्ड पार्ट्स सुनवल-4 नवलपरासीमा रिकण्डिसन शोरुम सञ्चालन भएको छ l
यो शोरुमले विभिन्न ब्रान्डका सेकेन्ड ह्याण्ड सवारी साधनहरूको मर्मत, खरीद बिक्री , पुनःनिर्माण तथा पार्ट्स उपलब्ध गराउने उद्देश्य राखेको छ शोरुमको उद्घाटन एक भव्य समारोहबीच सम्पन्न भएको थियो, जसमा स्थानीय व्यवसायी, गाडी व्यवसायसँग सम्बन्धित व्यक्तित्वहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो l
कार्यक्रमका उपस्थित भएकाहरुले रिकण्डिसन सवारी साधनको माग बढिरहेको वर्तमान परिप्रेक्ष्यमा यस्तो व्यवसायले ग्राहकलाई ठुलो फाइदा हुने बताए l
श्री कालिका रिकण्डिसन एण्ड पार्ट्सका सञ्चालकले आफ्नो सेवा मार्फत ग्राहकहरूलाई उच्च गुणस्तरका रिकण्डिसन बाइक तथा स्कुटरको साथै पार्ट्स प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे साथै, उनले ग्राहकहरूको आवश्यकताअनुसार परामर्श सेवा तथा सहज भुक्तानी योजना उपलब्ध गराइने जानकारी दिए l
शोरुममा विभिन्न मोडेलका रिकण्डिसन गाडीहरू, अटोमोबाइल पार्ट्स तथा अन्य आवश्यक सामग्रीहरू उपलब्ध छन् l
यसले क्षेत्रीय ग्राहकहरूलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने विश्वास गरिएको छ सुनवल क्षेत्रमा गुणस्तरीय रिकण्डिसन गाडी तथा पार्ट्सको खोजी गर्ने ग्राहकहरूका लागि श्री कालिका रिकण्डिसन एण्ड पार्ट्स एक नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ l
You have to login to leave a review
