सेभेन स्टार इ. बोर्डिङ्ग स्कुलमा प्रजातन्त्र दिवस उत्साहपूर्वक मनाइयो
19th February, 2025Seven Star English Boarding School
देवदह, २ रुपन्देहीमा अवस्थित सेभेन स्टार इङ्गलिस बोर्डिङ्ग स्कुलमा ७५ औं प्रजातन्त्र दिवस यहि फाल्गुण ७ गते विशेष कार्यक्रम सहित मनाईएको छ कार्यक्रमका विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका तथा अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो कार्यक्रमको शुरुमा नेपाली झण्डा फहराइ, राष्ट्रिय गान पश्चात विद्यालका प्राचार्य टिकाराम चापागाईले प्रजातन्त्र दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्र्नु भएको थियो उहाँले जनताको संघर्ष, त्याग र वलिदानबाट प्राप्त प्रजातन्त्रलाई संरक्षण गर्न विद्यार्थीहरुलाई जागरुक बन्न आग्रह गर्नुभयो कार्यक्रममा विद्यालका सह–प्राचार्य तीर्थराज पन्थीले प्रजातन्त्रको रक्षा तथा समुन्नतिको लागि सचेत नागरिक बन्न विद्यार्थीहरुलाई प्रेरित गर्नु भएको थियो त्यसै गरि विद्यालका परीक्षा संयोजक शंकर पौड्यालले आफ्ना भनाईहरु राख्दै प्रजातन्त्र दिवस र यसको महत्व माथि प्रकाश पार्नु भएको थियो कार्यक्रममा विद्यार्थीहरुद्धारा देशभक्ति गीत, कविता वाचन, नाटक तथा वक्तृत्वकलाका प्रस्तुति गरिएको थियो साथै प्रजातन्त्रको भूमिका र भविष्य विषयमा निवन्ध लेखन प्रतियोगिता समेत आयोजना गरिएको थियो जसमा उत्कृष्ठ निवन्ध लेख्ने विद्यार्थीहरुलाई विद्यालयका प्रवन्ध निर्देशक मोहन गिरी र सह —प्राचार्य तीर्थराज पन्थीले पुरस्कार प्रदान गर्नु भएको थियो अत्यन्तै व्यवस्थित र सौहार्दपूण वातावरणमा सञ्चालन भएको थियो, नेपाली विषयका शिक्षक सुर्य प्रसाद डुमे्रको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो
You have to login to leave a review
