सङ्घर्षले फोटोग्राफीमा सफल भएका प्रेम
26th February, 2025Prem Digital Photo Studio
देख्दा सर्लक्क शरीर हेर्दा मझ्यौला कदका सधैं हँसिला उनै प्रेमबहादुर अर्यालले फोटोग्राफी पेसामा नै जीवन समर्पण गर्ने निधो गरेका छन् २०७२ सालमा बुटवल बहुमुखी क्याम्पस अघि ‘प्रेम डिजिटल फोटो स्टूडियो’ खोले अहिले स्टूडियोमा आफू र श्रीमती तुलसा स्वरोजगार भएका छन भने तीनजना युवाहरुलाई रोजगार पनि
बुटवलको ब्राइटर फोटो स्टूडियोमा उनले फोटो तथा भिडियोग्राफी सिक्दै त्यहीं जागिरे पनि बनेका थिए गुल्मी, मालिका गाउँपालिका–४, अर्खबाङ्ग गाउँमा जन्मि हुर्केका उनले २०६१ सालमा अर्खबाङ्ग माविबाटै दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् बुटवल बहुमुखी क्याम्पसबाटै स्वास्थ्य विषय लिई एमएड् उत्तीर्ण उनी २०७५ सालमा त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका छन्
पढ्न बुटवल झरेका उनी फोटोग्राफी पेसामा निरन्तर गतिशील छन् पाँच लाख रुपैयाँ पुँजीबाट स्टूडियो सुरु गरेका उनले यतिबेला वार्षिक २० लाख बढीको आर्थिक कारोवार गर्दै आएको सुनाए
स्टूडियोको कमाईबाट आफ्नो विहेमा आफै खर्च जुटाए दुईवटी बहिनीहरुलाई शिक्षादीक्षा र विहे गरि दिए दमकी बिरामी आमा खीमालाई ओखती उपचार गर्दागर्दै बचाउन भने सकेनन् प्रेमले यही छ उनको सधैं घिड्किसो
सोही स्टूडियोबाट उभ्रेको पैसाले टेक्ने थलो किनेका छन् र भविष्यमा ओत हाल्ने योजना बुनेका छन् उनले त्यतिमात्र होईन, साझा कलर ल्यावमा सकेको पैसा मिसाएर उनी शेयर सदस्य बनेका छन् बुटवलकै चिया चौतारी बुक क्याफेमा लगानी गरेर सञ्चालक भईसकेका छन् प्रेमले काठमाडौबाट तुलसा लम्सालसँग अन्तरजातीय प्रेमविहे गरे बुटवल बहुमुखी क्याम्पसबाट तुलसाले अर्थशास्त्रमा एमए गरेकी छिन् उनै दम्पतीका सम्पत्ति, ६ वर्षे छोरोले शिशु ज्ञानकुञ्जमा युकेजी पढ्दैछ दुबैजना मिलेर स्टूडियोलाई उकास्ने काम गरेका छन्
फोटोग्राफी पेसाले सेवा दियो, नगद आम्दानी दियो र समाजमा प्रतिष्ठा नि दिएकै कारण अन्यपेसामा जाने रहर गरिनँ– प्रेमबहादुर अर्याल भन्छन् उनी थप्छन् – घाँटीमा क्यामेरा भिरेपछि जस्तोसुकै भीडमा पनि राष्ट्रपति, प्रधानमन्त्रीका अघि पुगेर फोटो खिच्न कसैले छेक्दैन शानै अर्काे ! आफ्नो पेसामा उनले थुप्रै समस्या र चुनौती देखेका छन् डिजिटल प्रविधि दैनिक नयाँनयाँ आएका छन् क्यामेरा नयाँनयाँ भित्रिएका छन्
नयाँ सोच र शैलीमा आफूलाई रुपान्तरण गर्न नसक्दा पेसाबाट हात धुनुपर्ने हो कि चिन्ताले मनमा घडेरी जमाएकै छ कहिलेकाही कम्प्युटर नै फर्म्याट भईदिंदा टाउको समाउनुबाहेक अरु विकल्प हुँदैन पीडा पोख्दै थिए समयसापेक्ष आफ्नो स्टूडियोमा नयाँ खालका क्यामेरा,लाईट,कम्प्युटर खरिद गरि अघि बढेका प्रेमले गतवर्ष १० लाख बढी लगानी गरेका थिए
विहेमा भिडियो खिच्न कहिले धरान, धनकुटा पुगे कहिले कैलाली– कञ्चनपुर बाग्लुङ, गुल्मी, पाल्पा त पानीपँधेरा भईगए त्यतिमात्र होईन भारतको रक्सौल, लखनउसम्म विहे खिच्न पुगेका रहेछन् उनी लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको सदस्य, कोषाध्यक्ष र सचिव भईसकेका उनी यतिबेला लेखा समितिको सदस्यभई पेसागत कर्ममा समेत क्रियाशील छन्
स्वदेशमै आफ्नो पेसालाई मर्यादित र स्तरोन्नति गर्ने सपना साँचेका उनले राम्रो आर्थिक उन्नति गरेर विदेश घुम्न जाने कुरा सुनाउँदै थिए तर,कामको खोजीमा वैदेशिक रोजगारमा भने नजाने सोंच गराएका रहेछन्
उनी कहिले क्लव,कहिले भोज–भतेरहरुमा, कहिले स्कुल,कलेज, क्याम्पसहरुमा फोटो तथा भिडियो खिच्न पुग्छन् नयाँ पिंढीहरुसँग नयाँ तरिकाले समन्वय र सहकार्य गरि अघि बढ्छन् फोटो खिचेर बेलबासबाट बुटवल आउँदा ३ वर्ष अघि मंसिरमा उनी सडक दुर्घटनामा परेका थिए ८ लाख भन्दा बढी उनले उपचारमा खर्च गरेर उनले नयाँ जिन्दगी पाए
प्रमेको फाटोग्राफिमा मात्रै होइन, राजनीतिमा पनि रुचि थियो कुनैसमय उनले डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति’लाई समर्थन गर्न पुगेपनि यतिबेला, राजनीतिक माहोल उपयुक्त हुन नसकेको गुनासो छ भविष्यमा फोटोग्राफीबाटै नौलो पहिचान बनाउँदै अघि बढ्ने सपना बुनेका प्रेमलाई व्यवसायिक प्रगतिको शुभकामना
You have to login to leave a review
