सुनवल, २०८१ फागुन २३ – भगवती माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ देखि विद्यार्थीहरूको पहिचान, नियमितता र सुरक्षालाई मध्यनजर गर्दै स्मार्ट आईडी कार्डको प्रयोग अनिवार्य गरिने भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसेन गौतमले शुक्रबार एक कार्यक्रममा जानकारी गराउनु भएको छ l
अध्यक्ष गौतमका अनुसार स्मार्ट आईडी कार्डको प्रयोगले विद्यार्थीहरूको उपस्थिति व्यवस्थापन, लाइब्रेरी तथा विद्यालय प्रवेश प्रक्रियालाई सहज बनाउनेछ l साथै, अभिभावकहरूलाई आफ्ना सन्तानको गतिविधिबारे तत्काल जानकारी दिन सकिने व्यवस्था समेत मिलाइनेछ l
विद्यालयका प्रधानाध्यापक बाबुराम पाण्डेका अनुसार नयाँ प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग परिचित गराउने र विद्यालय प्रशासनलाई प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ l आगामी शैक्षिक सत्रदेखि यस विद्यालयमा भर्ना हुने विद्यार्थीहरूलाई स्मार्ट आईडी कार्ड प्रदान गरिने छ l
विद्यालय व्यवस्थापन समितिले स्मार्ट आईडी कार्डको प्रभावकारिता सुनिश्चित गर्न अभिभावकहरू तथा शिक्षकहरूसँग परामर्श लिने योजना बनाएको छ l यो प्रणाली लागु भएसँगै विद्यालयको प्रशासकीय कार्य थप व्यवस्थित हुने विश्वास गरिएको छ l
