Login

शुक्रबारको रमाइलो सिकाइ: सारस्वती शिक्षालयका प्राइमरी विद्यार्थीहरूद्वारा बगैँचा निर्माण

23rd June, 2025
Saraswati Shikshyalaya
सरस्वती विद्यालय, देवदह–७, मदनग्रामका प्रारम्भिक तहका विद्यार्थीहरूले यस शुक्रबार बगैँचा रोपण कार्यमा सक्रिय सहभागिता जनाएका छन् जसले गर्दा हरेक शुक्रबार फरक ढंगको सिकाइ अनुभव गर्दै आएका सरस्वती विद्यालयका विद्यार्थीहरूका लागि यो शुक्रबार अझै विशेष बन्यो फूलका बिरुवा रोपी विद्यालयको वातावरणलाई हरियालीयुक्त बनाउन बालबालिकाहरूले योगदान दिएका थिए
 
विद्यार्थीहरूले शिक्षकहरूको मार्गदर्शनमा विभिन्न रंगका फूल र सजीव बिरुवाहरू रोपेका थिए यसले बिरुवाको चिनजान, रोप्ने तरिका, पानी हाल्ने तरिका र हेरचाह सम्बन्धी जानकारी समेत विद्यार्थीहरूले पाएका थिए यस कार्यक्रमले बालबालिकाहरूमा प्रकृतिको माया र वातावरणीय संवेदनशीलताको भावना विकास, व्यवहारिक शिक्षा, जिम्मेवारीको अभ्यास तथा सिर्जनात्मकता र समूहमा काम गर्ने क्षमतामा वृद्धि गर्नसमेत धेरै कुरामा विशेष योगदान दिएको छ
 
यस कार्यक्रमले गर्दा प्रकृति र वातावरणमा समेत सकारात्मक प्रभाव पार्नुका साथै, स–साना बिरुवाहरूले भविष्यमा हरियो वातावरण तयार पार्न सहयोग पुर्‍याउनेछन् बिरुवाहरूले अक्सिजन उत्पादन गरी विद्यालय परिसरको वातावरण स्वच्छ राख्नेछन् बालबालिकाले जीवन चक्र, जलचक्र र जैविक विविधताका प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्
 
सरस्वती विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ, जसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकले मात्रै नभई जीवनका मूलभूत शिक्षासमेत प्रदान गर्नेछ
 
– शिक्षालय संवाददाता, सरस्वती शिक्षालय
 
 
You have to login to leave a review