Login

जनसेवा मा.वि.को कक्षा 12 को नतिजा उत्कृष्ट : माधव पराजुली ३.६६ GPA सहित प्रथम

5th August, 2025
Janasewa Secondary School

शैक्षिक सत्र २०८१ को कक्षा १२ को नतिजामा जनसेवा माध्यमिक विद्यालय सुनवल ७ नवलपरासीका विद्यार्थीहरुले यस बर्ष उत्कृष्ट नतिजा प्राप्त गरेका छन l  विद्यालयका माधव पराजुलीले ले ३.६६ GPA हासिल गर्दै यस बर्षको उच्चतम नतिजा ल्याएका छन l 

विद्यालयले सार्वजनिक गरेको नतिजा विवरण यस प्रकार छ : 

१. ३.६ - ४.० GPA १ जना विद्यार्थी 

२. ३.२ - ३.६ GPA १२ जना विद्यार्थी 

३. २.८ - ३.२ GPA २३ जना विद्यार्थी 

४. २.४ - २.८ GPA १७ जना विद्यार्थी 

५. २.० - २.४ GPA १ जना विद्यार्थी 

विद्यालयका अनुसार यस बर्षको नतिजाले विद्यार्थीहरुको मेहनत शिक्षकहरूको प्रतिबद्धता अभिभावकहरुको निरन्तर साथ र विद्यालयको व्यवस्थापनको योजनाबद्ध प्रयासलाई स्पष्ट देखाएको छ विद्यालयले यस सफलतालाई निरन्तरता दिदै आगामि बर्षहरुमा अझ उतकृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ l साथै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनात्मकलाई प्राथमिकतामा राखि विद्यार्थीहरुको सम्पुर्ण विकासका लागि विभिन्न शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ जनसेवा माध्यमिक विद्यालयले स्थानिय समुदाय , पूर्वविद्यार्थी र अभिभावकहरुलाई आगामि दिनमा पनि विद्यालयको शैक्षिक यात्रामा साथ दिन आग्रह गरेको छ l 

You have to login to leave a review