देवदह – २, ढेकावर, रुपन्देहीमा स्थित सेभेन स्टार बोर्डिङ्ग स्कुलले राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको कक्षा १२ को बार्षिक परीक्षामा रुपन्देही जिल्लाबाट ९५ प्रतिशतका साथ जिल्लामा नै उत्कृष्ट नतिजा प्राप्त गरेको अवसरमा विद्यालय प्रशासनले एक विषेश कार्यक्रम आयोजना गरि उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ कार्यक्रममा देवदह नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, देवदह नगरपालिका कार्यपालिका सदस्य गिता भण्डारी, देवदह नगरपालिका शिक्षा समिति सदस्य ण प्रसाद न्यौपाने (खगेन्द्र), वडा सदस्यहरु, प्रसाद गुरुङ, वेलुमाया वमरेल, देवदह आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारी, स्वर्णीम सगरमाथा कलेजका सहायक क्याम्पस प्रमुख प्रदिप अधिकारी, विद्यालयका प्रवन्ध निर्देशक मोहन गिरी, प्राचार्य टिकाराम चापागाई, सह–प्राचार्य तीर्थराज पन्थी, कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुको उपस्थिति रहेको थियो कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई खादा, मेडल, ट्रफी र सम्मानपत्रले सम्मान गरीएको थियो विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कार्यक्रमका प्रमुख अथिति देवदह नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दलबहादुर राकसकोटीले देवदहको ग्रामिण भेगमा रहेर पनि विद्यालयले प्राप्त गरेको यस प्रकारको सफलताले देवदह नगरपालिकाको शैक्षिक विकासमा समेत अहम भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्नु भयो यसरीे शैक्षिक क्षेत्र सुधारको लागि देवदह नगरपालिका वडा २ सहकार्य तथा सहयोगको लागि जुनसुकै वखत तयार रहेको जानकारी गराउनु भयो कार्यक्रमका विशिष्ट अथितिहरु देवदह आर्दश बहुमुखी क्यापसका क्याम्पस प्रमुख जयकिसन अधिकारी तथा स्वर्णीम सगरमाथा कलेजका सहायक क्याम्पस प्रमुख प्रदिप अधिकारीले निजि क्षेत्रबाट सञ्चालित यस सेभेन स्टार इ. बो स्कुल देवदह नरपालिकाको उत्कृष्ट शैक्षिक गन्तब्य रहेको बताउदै विद्यालयले कक्षा १२ मा प्राप्त नतिजा उत्कृष्ट रहेको र उर्तीण विद्यार्थीहरुलाई देवदह नगरभित्रका क्यापसहरुबाट नै आगामीे शैक्षिक यात्रा शुरु गर्न समेत अनुरोध गर्नु भयो विद्यालयका प्राचार्य टिकाराम चापागाईले समग्र विद्यालयले छोटो समयमा नै देवदह क्षेत्रको ग्रामिण क्षेत्रमा रहेर पनि देवदह नगरपालिका एवम् जिल्लामा आधारभूत, एस.इ.इ. र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा प्राप्त गरि विद्यालयको शैक्षिक गरिमा बढाउने कायर्ले आफु अझै उत्साहित भएको कुरा व्यक्त गर्नुभयो आगामी दिनहरुमा विद्यालयले नयाँ जग्गा व्यवस्थापन र कक्षा ११ र १२ को छुट्टै भवन निर्माण गरि थप व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्ने र यस विद्यालयबाट कक्षा १२ उत्र्तीण उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले शिक्षण पेशामा विद्यालयमा नै आवद्ध बनाउदै जाने कुरामा जोड दिनु भयो विद्यालयका सह–प्राचार्य तीर्थराज पन्थीले कक्षा ११ ÷१२ को स्थापना काल देखिनै विद्यालयले उच्च नतिजा हासिल गर्दै आइरहेको र यस वर्ष पनि विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेकोमा खुसि व्यक्त गदै, विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको लगनशिलता, मेहेनतको परिणाम स्वरुप आजको सफलता प्राप्त भएको कुरा प्रष्ट पार्नुभयो उक्त कार्यक्रममा देवदह नगरपालिका कार्यसमिति सदस्य गिता भण्डारी तथा शिक्षा समिति सदस्य णप्रसाद न्यौपानेले आफ्ना भनाई राख्नुभएको थियो उक्त कार्यक्रम शिक्षक सुर्यप्रसाद डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो
