Login

नेशनल बाथरोग सेन्टर बुटवल शाखा द्वारा देवदहमा नि:शुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न

4th October, 2023
National center for rheumatic disease (NCRD) Butwal Branch With Associated Glorious Health Care Pvt Ltd
 रुपन्देहीको देवदहमा निशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ केरवानी स्वास्थ्य चौकिको आयोजना, नेशनल बाथरोग सेन्टर तथा ग्लोरियस हेल्थ केयर प्रा.लि को सहयोग, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ र लायन्स क्लव अफ देवदह प्रोफेसनल युथको सहकार्यमा उक्त निशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छकेरवानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मी र नेशनल बाथरोग सेन्टर बुटवल का अभिनास पल्लि मगरले बाथरोगका बारेमा अभिमुखीकरण गराउनु भएको थियो उक्त कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य गिता भन्डारी, लायन्स क्लव अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेल लगायतले आफ्ना भनाइ राख्नुभएको थियो समुदाय स्तरमा विभिन्न किसिमका नसर्ने रोगहरु फैलिइरहेको अवस्थामा उच्च रक्तचाप, मधुमेह लगायतका जाँचहरुको सुविधा जताततै भइरहेको तर अत्याधिक समस्या भएर पनि समुदायस्तरमा स्क्रिनिङको रुपमा अभियानहरु सन्चालन हुन नसकेको एउटा अटो इम्युन डिजिज जुन नदेखिने तरिकाले समुदायमा फैलिइरहेको र जाँच पनि केहि महंगो रहेको बाथरोगको पहिचान गरेर उपचारको दायरामा ल्याउन र बिरामीहरुलाई जटिलताबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष लियो लायन काशीराम रेग्मीले जानकारी दिनुभयोशिविरमा १५२ जना सेवाग्राहीको  युरिक एसिड, आर.ए. फ्याक्टर, सि.आर.पि., ई.एस.आर., ब्लड सुगर लगायतका जाँचहरु निशुल्क गर्नुका साथसाथै उपस्थित सेवाग्राहीलाई बाथरोग सम्बन्धि जानकारीहरू सहितको सचेतना गरिएको छ आयोजकले जनाएको छ कार्यक्रममा वडा नंवर २ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सेवाग्राही, लियो तथा लायन्स क्लवका सदस्यहरु, नेशनल बाथरोग सेन्टर र ग्लोरियस हेल्थ केयर प्रा.लि का प्राविधिकहरु लगायतकोको उपस्थिति रहेको थियो  
You have to login to leave a review