Login

तिलोत्तमा नगरपालिका विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य

21st November, 2023
Tilottama Municipality
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा तिलोत्तमा नगरपालिकाले  प्रवेश पाएको हो दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको यस संस्थाको कार्यसमितिमा सर्वसम्मत रूपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए विश्वभरका नगरपालिकाहरू सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आविद्धतासँगै तिलोत्तमाले विकासमा थप एक खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे   सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका लगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग  गर्ने जनाएको छ यस्तै  सिटीनेटसँग आबद्ध भएका नगर र सङ्घसंस्थाबिच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ   स्रोत : तिलोत्तमा सिटी न्युज डट्कम 
You have to login to leave a review