सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
17th December, 2023Sagarmatha Secondary Boarding School
देवदह —७, शीतलनगर रुपन्देहीमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई प्रष्फुटन गर्न उद्देश्यले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ
यसै अन्र्तगत रहेर आज मिति २०८०/०९/०१ गतेका दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ प्राथमिक तह अन्र्तगत कक्षा १, २ र ३ बिच भएको प्रतियोगितामा छनोट चरण पार गरी अन्तिम चरणमा Motu Patlu, Mickey Mouse, Doraemon, Chhota Bheem, Pokemon, Tom & Jerry गरी ६ समूह बिच प्रतिस्पर्धा भएको थियो सोही समूह मध्ये सबै भन्दा बढी १३० अङ्कका साथ प्रथम स्थानMotu Patlu समूहका पुरुषोत्तम न्यौपाने, अनुज बिष्ट र अस्मित श्रीस त्यसैगरी १२५ अङ्कका साथ द्धितीय Mickey Mouse समूहका अंकित परियार, इप्शु पोख्रेल र आरुश वाग्ल र १२० अङकका साथ तृतीय Doraemon समूहका अविस्रान्त न्यौपाने, एन्सु अर्याल र इसिता थापाले हासिल गर्न सफल भए
विद्यालय सञ्चालक कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्ले र अतिथि ECA- Co-ordinator जीवन तामाङ रहनु भएको थियो भने शिक्षिका रस्सा के.सीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षिका रन्जना बानियाले क्वीज मास्टरको भूमिका निर्वाह गर्नुभएको थियो
You have to login to leave a review
