सगरमाथा आवासीय मा.वि. मा यूवा संसदीय वहस सम्पन्न
22nd December, 2023Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि देवदह –०७ शीतलनगरमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाइ नेपालको संसदीय वहस र प्रकृयाको बारेमा अवगत गराउने उद्देश्यले आज यूवा संसदीय वहस कार्यक्रम प्रतियोगीताको रुपमा सम्पन्न गरिएको छ उक्त कार्यक्रम विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको अध्क्षयता र जय भण्डारीको संचालनमा सम्पन्न भयो विद्यालयका संयोजक भिम कुमारी गुरुङ्ग र विमल तिवारीको विशेष सक्रियतामा संचालीत उक्त कार्यक्रममा शिक्षक कृष्ण आचार्य र विद्याथी सन्तोषी सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभयो उक्त प्रतियोगितामा कुसल पाण्डेय, भरत राना र शिक्षा पौडेलको समूह प्रथम सुस्मिता भुसाल, राम बहादुर खत्री र शीशिर भण्डारीको समूह द्धितिय र नन्दनी गुरुङ, झरना थापा र सुजन रानाको समूह तृतीय स्थान हासिल गरेको छन्
You have to login to leave a review
