सगरमाथामा विद्यार्थी प्रतिनिधि निर्वाचन कार्यक्रम सम्पन्न
22nd December, 2023Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह –७ शीतलनगरमा विद्यार्थीमा नेतृत्व विकाश गर्ने साथै सम्पूर्ण विद्यार्थीहरुलाई प्रजातान्त्रिक प्रणालीमा निर्वाचनको महत्व बुझाउने उद्देश्यले आज क्याप्टेन र सह–क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गर्ने उक्त निर्वाचनबाट विद्यालयले शैक्षिक सत्र २०८० का लागि विद्यार्थी प्रतिनिधि प्राप्त गर्ने छ
उक्त निर्वाचनमा ४७५ मतदाता र ११ उमेदवार रहेको कुरा निर्वाचन अधिकृत सुमन पाण्डेले जानकारी गराउनु भयो उक्त निर्वाचनको मत परिणाम अनुसार Captain पदमा कक्षा १० का आशिष खरालले २९७ मत सहित विजय भए भने Vice-Captain मा सुमन कंडेल १७६ मत सहित निर्वाचित भएका छन् विजयी उमेदवारहरुलाई विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले शुभकामना व्यक्त गर्दै प्रमाण पत्र समेत वितरण गर्नुभयो
You have to login to leave a review
