Login

सगरमाथामा शिक्षक अभिभावक अन्तरकिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न

9th January, 2024
Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा  कक्षा एक र दुईमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु  अमृता कंडेल, नविना बुचा, अनिता शर्मा, रन्जना बानिया र सन्जु काफ्लेले आ-आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो कार्यक्रममा बाल मनोविज्ञानका क्षेत्रमा निरन्रत अध्ययन अनुसन्धान गरिरहनु भएका श्री राम प्रसाद पाण्डेले असल अभिभावकका विषयमा अभिभावकहरुलाई प्रशिक्षण गर्नु भयोे कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधि द्धारा अध्यय्न गराउनुपर्नेमा जोड दिनु भयो  विद्यालयका १२५ बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह-प्राचार्य प्रदिप अधिकारीकोे सञ्चालनमा सम्पन्न भयो
You have to login to leave a review