सगरमाथामा अभिभावक सचेतना कार्यक्रम २०८०
24th January, 2024Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा कक्षा पि.जि., नर्सरी र कक्षा एक मा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु विच एक बृहत सचेतना कार्यक्रम आज सम्पन्न भएको छ विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु तारा पुन, गोमा काफ्ले, अनिता डम्बरपाल, निर्मला गिरी, बन्दना भट्टराई, अमृता कडेल, नबिना बुचा, रेखा बानिया र अन्जु श्रेष्ठले भाग लिनुभएको थियो कार्यक्रममा बाल मनोविज्ञानका क्षेत्रमा निरन्रत अध्ययन अनुसन्धान गरिरहनु भएका प्रशिक्षक श्री भिष्ममण्डी पाण्येले असल अभिभावकका विषयमा अभिभावकहरुलाई प्रशिक्षण गर्नु भयोे कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधि द्धारा अध्यय्न गराउनुपर्नेमा जोड दिनु भयो विद्यालयका १२५ बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र शिक्षक अमृता कडेलकोे सञ्चालनमा सम्पन्न भयो
You have to login to leave a review
