सगरमाथा मा.वि.मा एन सि.सि तालिम सम्पन्न
5th February, 2024Sagarmatha Secondary Boarding School
मिति २०८०/१०/२२
देवदह —७, शीतलनगर रुपन्देहीमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा नेपाल सरकारद्धारा सञ्चालित SN 49 Junior Division NCC Training मा सहभागी विद्यार्थीहरुले १०० दिनको सैनिक तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् मिति २०८० श्रावण १ गतेदेखि २०८० माघ २० गतेसम्म ७९ दिन विद्यालयमा र २१ दिन नेपालगञ्ज स्थित श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगरमा सञ्चालन भएको उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरु र प्रशिक्षकहरुलाई आज एक समारोहको आयोजना गरी विद्यालयले सम्मान गरेको छ कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्णप्रसाद पौडेलले शिक्षामा राष्ट्रभक्तिको सुगन्ध हुनुपर्ने कुरामा जोड दिदै प्रशिक्षार्थीले सिकेको ज्ञान र सीप यही देशको समृद्धिमा खर्चिनु पर्ने बताउनुभयो त्यसै गरी प्रशिक्षक एल. सि.पि.एल रामिराम दयालले अनुशासनपूर्वक तालिम सम्पन्न गरी विभिन्न पुरस्कार र दर्जा प्राप्त गरेका विद्यार्थीहरुलाई भविष्यमा देशको सुरक्षा गर्ने महान् कार्यमा लाग्न प्रेरित गर्नुभयो तालिममा सहभागी विद्यार्थीहरु मध्ये अंकिता खनालले प्लाटुन जुनियर अण्डर अफिसर र श्रीस पौडेलले कम्पनी स्टाफको दर्जा हासिल गरेका थिए त्यसैगरी सहभागी विद्यार्थीहरु ३ जना सर्जेन ५ जना कपरेल, ६ जनाले लेस कपरेल र २० जनाले क्याडेटको दर्जा प्राप्त गरेका थिए तालिम समापनको पूर्व सन्ध्यामा आयोजित नृत्य प्रतियोगितामा सगरमाथाका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका थिए विद्यालयमा आयोजित उक्त सम्मान कार्यक्रम विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा र एन सि.सि संयोजक जीवन तामाङ्गको सञ्चालनमा सम्पन्न भयो
You have to login to leave a review
