Login

शुभकामना ज्ञापन तथा बिदाइ कार्यक्रम सम्पन्न

11th March, 2024
Pawan Secondary School
 यस विद्यालयको कक्षा  ९ मा अध्ययन  गर्ने  विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना  गरी कक्षा  १० का विद्यार्थीहरुलाई  बिदाइ गरेका छन् l कक्षा  ९ का जयराम यादवको अध्यक्षतामा सञ्चालन  भएको  कार्यक्रमको प्रमुख  अतिथि  विद्यालयका सहायक प्रधानाध्यापक  श्री  शालिकराम  लामिछाने रहुनु भएको थियो भने अतिथिमा परीक्षा  संयोजक श्री बिष्णु  न्यौपाने , सूचना अधिकारी श्री तोरेन्द्र जी.सी. प.स. सदस्य  श्री गणेशमणि  त्रिपाठी, रामकिसन गुप्ता , बिजेन्द्रदास पटेल, प.स. सदस्य  श्री भोजबहादुर  चौधरी , डोलराज डुम्रे , बिष्णु  जैसी, नगेश्वर रौनियार  लगायत  विद्यालयका सम्पूर्ण  शिक्षकरुलाई  आमन्त्रण  गरिएको  थियो कार्यक्रममा बोल्ने वक्ताहरुले SEE परीक्षामा उत्कृष्ट  नतिजा ल्याउन अझै  मिहिनेतका साथ लाग्नका  लागि शुभकामना दिइएको  थियो यस वर्ष  यस विद्यालयबाट १६३ जना विद्यार्थी SEE परीक्षामा सहभागी  हुँदै छन्
You have to login to leave a review