Login

Triphala Raw Honey

 1000

Share

MADHU SUDHAN KC

Description त्रिफला एक आयुर्वेदिक महाऔषधि हो जसको उपयोग सामान्यतः पेट सफा गर्न (कब्ज दूर गर्न) का लागि गरिन्छ तर अधिकांशलाई थाहा नहुन सक्छ यो केवल पेट साफ गर्नका लागि मात्र नभएर यसका अनेकौं लाभ छन् आयुर्वेदिक चिकित्सामा लाखौँ वर्ष देखि त्रिफलाको प्रयोग हुँदै आएको छ त्रिफला चूण र महलाई आयुर्वेदमा शरीरको कायाकल्प गर्ने अमृत रसायन मानिन्छ त्रिफला शब्दको अर्थ हुन्छ तीन फल त्रिफला तीन वटा त्यस्ता दिव्य फलहरु मिलाएर बनाइन्छ जुन अद्वितीय गुणले भरिपूर्ण छन् यसमा पहिलो फल हो– हर्रो, दोस्रो– बर्रो र तेस्रो– अमला आयुर्वेदिक जडीबुटीमा यसलाई हरितकी, विभीतक र अमलकी भनिन्छ त्रिफला बनाउनका लागि यी तिनवटै फलको बियाँ निकालेर सुकाएर कुटेर चूर्ण बनाएर आपसमा मिलाइन्छ त्रिफला चूर्ण नियमित विधिवत रुपमा सेवन गर्नाले अमृत तुल्य लाभ दिन्छ र शरीरको कायाकल्प गर्न समर्थ छ यो वात–पित्त–कफ त्रिदोष नाशक रसायन हो आजभन्दा लगभग ३५०० वर्ष पहिले वाग्भट्ट नाम गरेका एक ऋषि थिए उनले अष्टांग हृदयम नामक एक ग्रन्थ रचेका छन् उनि १३५ वर्षको आयु सम्म जीवित रहेका थिए अष्टांग हृदयममा वाग्भट्टले भनेका छन् कि जीवनमा वात, पित्त र कफ संतुलित राख्नु नै सबभन्दा उतम कला हो र सारा जीवन प्रयास गरेर हामीले एक मात्र काम गर्नु पर्दछ, त्यो हो– हाम्रो शरीरको वात, पित्त र कफ् नियमित रहोस, संतुलित रहोस् र सुरक्षित रहोस जति आवस्यक छ त्यति वात रहनु पर्छ, जति आवस्यक छ त्यति पित रहनु पर्छ र जति आवस्यक छ त्यति कफ् रहनु पर्छ; त्यो भन्दा कमाधिक हैन त्रिफला बनाउने विधिः त्यसो त त्रिफला तीन प्रकारले तयार गरिन्छ– बजारमा किन्न पाइने सामान्य प्रकारको त्रिफला समान अनुपातमा मिलाएर बनाइएको हुन्छ अर्थात हरितीकी, विभीतक र अमलकी बराबर मात्रामा मिलाइएको हुन्छ यस प्रकारको त्रिफलाले मोटा मानिसलाई सबभन्दा बढी काम गर्दछ १ः२ः३ अनुपातमा बनाइएको त्रिफला, अर्थात् १ भाग हर्रो, २ भाग बर्रो र ३ भाग अमला यो त्रिफला जसले पनि लिन सकिन्छ १ः२ः४ः अनुपातमा बनाइएको त्रिफला जुन अनुपानका साथ सेवन गरिन्छ अनुपानका साथ सेवन गरिने त्रिफला भित्र १ भाग हर्रो, २ भाग बर्रो र ४ भाग अमला मिलाइएको हुन्छ यो त्रिफला शरीरको कायाकल्प गर्नका लागि रामबाण औषधि हो मौरीबाट उत्पादित महमा पाईने तत्वहरु : महमा फलाम, तामा, सिलिका, मैंगनिज, क्याल्सियम, पोटासियम, क्लोरिन, सल्फर फास्फोरस आदि खनिज पदार्थहरु पाईन्छ यस्मा साइट्रिक एसिटिक, फार्मिक एसिड, अमिनो एसिडको साथै भिटामिन बी कम्पलेक्स (भिटामिन बी १, बी २, बी ३, बी–५, बी–६) तथा भिटामिन ’सी’ पनि पाईन्छ महको रासायनिक संरचना मौरीको जात तथा उपलब्ध स्रोत अनुसार फरक भए तापनि महको औसत रासायनिक संरचना यस प्रकार छ महको रासायनिक संरचना १. लेभ्युलोज ४१.०% २. डेक्सट्रोज ३५.० % ३ सुकोज १.९ % ४. डेक्सटिन १.५ % ५ खनिज पदार्थ ०.२ % ६ अन्य अज्ञात पदार्थ ३.४ % ७ पानी १७–२० % जम्मा : १०० % त्रिफला हनी सेवन विधि, मात्रा र असर : सामान्यतया त्रिफला हनीलाई राती सुत्नु भन्दा पहिले तातो पानीमा एक चम्मच घोलेर सेवन गरिन्छ र बिहान एक चम्मच चाट्न सकिन्छ कुनै विशेष परिस्थितिमा बिहान खालि पेटमा ताजा पानीका साथ प्रतिदिन केवल एक पटक सेवन गरिन्छ मात्रा जति उमेर छ , त्यति रत्ती दिनु पर्दछ यदि ८ वर्षको उमेर छ भने ८ रत्ती ८ रत्तीको १ ग्राम हुन्छ त्रिफला हनी सेवन गरिसकेपछी १ घण्टा सम्म केहि खानु हुँदैन त्रिफला हनी सेवन गरेपछि केहि दिन दिसा पातलो हुन सक्छ यो सामान्य क्लिनजिङको प्रकृया हो अनुपानका साथ त्रिफला हनी खाँदा हुने लाभः यदि कसैले त्रिफला चूर्ण उपरोक्त विधिले लगातार १२ वर्ष सम्म सेवन गर्दछ भने निम्न लाभ प्राप्त गर्दछः प्रथम वर्षमाः आलस्य भाग्छ दोस्रो वर्षमाः सर्वरोग नाश हुन्छ तेस्रो वर्षमाः नेत्र ज्योति बढ्छ .चौथो वर्षमाः अनुहारमा चमक तथा निखार आउँछ पाँचौ वर्षमाः बुद्धिको विकास हुन्छ छैठौं वर्षः बल तथा पराक्रम वृद्धि हुन्छ सातौँ वर्षमाः फुलेको कपाल कालो हुन्छ आठौँ वर्षमाः व्यक्तिमा युवा झैं शक्तिशाली बन्छ नवौं वर्षमाः दिउसै तारा स्पष्ट देख्न थाल्छ दशौं वर्षमाः कण्ठमा सरस्वतीको वास हुन्छ र हृदयमा प्रकाशको अनुभूति हुन्छ एघारौँ तथा बाह्रौं वर्षमाः वचनसिद्धि प्राप्त हुन्छ अर्थात व्यक्ति यति सामर्थ्यवान बन्छ कि जस्तो वचन बोले पनि खाली जाँदैन, सत्य सिद्ध हुन्छ उपरोक्त कुराहरु आजको समयमा अतिशयोक्ति पूर्ण लागे पनि वास्तविक लाभ कायाकल्पका समकक्ष हुन्छन् अर्थात शरीरमा जस्ता रोग भए पनि स्थाई रूपले ठीक हुन्छन् र व्यक्तिमा युवा झैं जोश जाँगर आउँछ अध्ययन गरिदिनुभएकाेमा धन्यवाद
Price
Rs. 1000
You have to login to leave a review

0 Rating

0 Review