नवलपरासी जिल्ला साविक पंचनगर गा.वि.स हाल बर्दघाट नगरपालिका वार्ड नं. ९ मा तत्कालिन प्रधानपंच श्री जगनारायण फौज्दारको सक्रिय नेतृत्वमा र स्थानिय जनताको सामुहिक सहभागीताको आधारमा वि.स. २०२७ साल बैशाख १५ गते का दिन यस विद्यालयको विधिवत स्थापना गरियो सोही अनुरुप २०३० सालमा अस्थायी अनुमति र २०३१ सालमा प्राथमिक विद्यालयको स्थायी स्वीकृती जिल्ला शिक्षा कार्यालयबाट प्रदान गरियो नेपाल पुनर्वास कम्पनी धनेवाबाट १−१०−० विगाहा जग्गा स्थायी सम्पतीको रुपमा विद्यालयलाई प्रदान गरियो
तत्कालिन प्र.अ दामोदर घिमिरे र सं.स. अध्यक्ष श्री जय नारायण फौज्दारको सक्रियतामा १२−६−६ विगाहा जमिन २०३४ सालमा दर्ता गरी विद्यालयको नाममा लालपुर्जा प्राप्त भयो यस विद्यालयको विकाशको सिलसिलामा तत्कालिन शिक्षाप्रेमी एवमं समाजसेवी विश्वराज कोइरालाका सक्रियतामा २०३९ सालमा नि.मा.वि स्तरको स्थायी स्वीकृती प्राप्त भयो तत्कालिन प्रधानपंच एवं विद्यालय संचालक समितिका अध्यक्ष स्व. श्री खेमनारायण फौज्दारको सक्रियतामा मा.वि तह संचालन गरेको यस विद्यालयबाट प्रथम पटक २०४६ सालमा एस.एल.सी परीक्षामा विद्यार्थीहरु संम्मिलित भए यस विद्यालय मा.वि को स्वीकृती २०४८ सालमा प्राप्त भयो यस विद्यालयले २०५२ साल बैशाख १५ गतेको दिन भव्यताका साथ रजत जयन्ती समारोह सम्पन्न ग¥यो
विद्यालयले एस.एल.सी विद्यार्थी उर्तिण प्रतिशतमा राम्रो सफलता प्राप्त गर्दै आएको छ र यस विद्यालयलाई १०+२ बनाउने उदेश्यका साथ तत्कालिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री यज्ञाप्रसाद खनालको संयोजकत्वमा मिति २०६४/८/१५ गते देखि २०६४/८/२१ गते महायज्ञ संचालन गरियो उक्त महायज्ञमा सवैभन्दा बढी विद्यालयलाई दान गर्ने साविक पंचनगर २, नवलपरासी निवासी महात्मा श्री पूर्णभद्र पौडेल ज्यू जसले रु. १५,५१,१५१–– विद्यालयलाई दान गर्नु भएको थियो वहाँकै नामबाट नेपाल सरकार मन्त्री परीषदको मिति २०६५/०३/२९ को निर्णय अनुसार विद्यालयको नाम राजा महात्मा पूर्णभद्र मा.वि पंचनगर रहन पुग्यो सोही महायज्ञकै उद्येश्य बमोजिम उ.मा.वि परीषदको मिति २०६५/०३/१६ को निर्णय अनुसार आ.व २०६५/०६६ देखि उ.मा.वि कक्षा संचालनको लागि व्यवस्थापन,मानविकी र शिक्षा विषयका लागि ३ बर्षको अस्थायी संबन्धन विद्यालयले प्राप्त गरी अविछिन्न रुपमा राजा महात्मा पूर्णभद्र मा.वि पंचनगर नवलपरासी सफल रुपमा संचालन भईरहेको छ
सिकाईको वातावरण,पाठ्यक्रम,शिक्षण सिकाई सामग्री विधी,मूल्यांकन तथा परीक्षाको सान्दर्भिकता तथा गुणस्तरीतमा अभिवृद्धि गराई विद्यार्थीको सिकाईमा सुधार सुनिश्चित गरिने छ
विधार्थीहरुको विद्यमान रुची र क्षमतालाई ध्यान दिदै स्वच्छ प्रतिस्पर्धाको माध्यम बाट उनीहरुको ज्ञान,सीप र धारणामा सकारात्मक परिवर्तन गराउने
स्थानिय स्रोत र साधनहरुको परिचालन तथा आधुनिक सूचना प्रविधिको प्रयोग गरी स्वच्छ शैक्षिक बालमैत्री वातावरणमा गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरिने छ