प्रधानाध्यापकको कलमबाट
पुर्व पश्चिम लोकमार्गको मध्यखण्ड सुनवल चोक देखि पश्चिम १ कि. मि. पश्चिम रागमार्गको किनारमा स्थापित सुगम सुन्दर शान्त रमणीय र भौगोलिक अवस्थितिमा रहेको यश बिद्यालयमा दक्ष अनुभवी शिक्षक शिक्षिकाहरुबाट सिकाइ क्रियाकलाप गर्ने लोकप्रिय सामुदायिक बिद्यालय हो l शैक्षिक गुणस्तर तथा बिद्यार्थीको सर्वाङिण विकासको क्षेत्रमा आफ्नै मौलिक पहिचान स्थापित गर्न सफल सुनवल नगरपालिका श्रोत केन्द्र रहेको यो विद्यालय नर्सरी देखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट प्रभावकारी रुपमा शिक्षण सिकाई क्रियाकलाप संचालन हुने +2 तर्फ एजुकेसन र म्यानेजमेन्ट ( होटल म्यानेजमेन्ट ) साथै CTEVT को Pre-diploma in computer engineering कार्यक्रम संचालन भएको विद्यालय हो l
जीवन र जगतका सामाजिक सस्कृती ब्यावहारिक मुल्य मान्यताहरुलाई जिवनमा प्रयोगात्मक रुपमा प्रयोग गराई विद्यार्थीहरुलाई स्वस्फूर्त सिकाइ प्रती प्रेरित गर्दै जिवनको लक्ष्य निर्धारण गरि वृद्धि विकासमा अब्बल स्थापित गर्ने वातावरण सृजना गराउन हाम्रो विद्यालय सफल देखिन्छ l शिक्षक अभिभावक , विद्यालय प्रशासनको दवाब , प्रेसरबाट नभई ब्यवहारिक पक्षको विकास गराउदै अनुशासन , मिहिनेत , सृजनशिलतामा अब्बल बन्नका लागि विद्यार्थीलाई प्रेरणा प्राप्त गराइन्छ l
विद्यार्थिको चौतर्फी विकासको लागि स्वैच्छिक क्रियाकलाप अतिरिक्त एवम बौद्धिक क्रियाकलाप , खेलकुद , योग ध्यान, शैक्षिक अवलोकन , भर्मण जस्ता विविध कार्यक्रमहरु समेटिएका बार्षिक अल्पकालीन तथा दीर्घकालीन कार्ययोजनाले विद्यालयलाई उच्च स्तरका मार्गनिर्देश गरिरहेको छ l बदलिदो समयसापेक्ष शिक्षण सिकाईलाई प्रविधि मैत्री बनाइएको छ तसर्थ यश विद्यालयमा आफ्ना नानिबाबुहरुलाई भर्ना गरि बालबालिकाको भविष्य निर्माणमा सहभागी र सहकार्य गर्न अनुरोध गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउन रचनात्मक सल्लाह सुझाव प्रधान गर्न हार्दिक अफिल गर्दछु l
प्रधानाध्यापक : फान प्रसाद श्रेष्ठ