शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र यस क्षेत्रकै नमुना, उत्कृष्ट वन सम्पदाको रुपमा परिचित शंकरनगर सामुदायिक वन अन्तर्गत वि.स. २०६२ साल फाल्गुन ६ गते का दिन शंकरनगर सामुदायीक वन उपभोत्ता समुहको उपसमितिको रुपमा बाबुराम अर्यालको संम्योजकत्वमा ७ जनाको समिति बाट सुरु भई वि.स. २०६५ जेठ ११ गतेका दिन यस संस्थालाई स्वायत्त संस्थाको रुपमा दर्ता गर्ने सर्वदलिय ,सर्वपक्षिय र्निणय भई मिति २०६५ असोज १३ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई स्थापना भएको स्वायत्त सामाजिक संस्था हो