स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम साबिक माकर र पञ्चनगर गा.वि.स लाई एकीकरण गरी नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयबाट यस बर्दघाट नगरपालिकाको गठन गरिएको थियो राज्यको पुनर्संरचना सँगै साबिकका विभिन्न स्थानीय निकायहरूलाई पुनर्संरचना गरी स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने क्रममा छिमेकमा रहेका साबिकका दाउन्नेदेवी र जहदा गा.वि.सका साथै धुरकोट र जमुनिया गा.वि.स का दुई दुई ओटा वडाहरूलाई समावेश गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ अधिकार सम्पन्न स्थानीय सरकारको रूपमा यस बर्दघाट नगरपालिकाको पुनर्संरचना गरिएका थियो यस नगरपालिकाको भौगोलिक अवस्थिति विवरण तल उल्लेख गरिएको छ