शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका तथा दक्षिणमा महाराजगंज तथा कपिलवस्तु नगरपालिका रहेका छन् यस नगरपालिकाको कुल क्षेत्रफल ३६६.६७ वर्ग किलोमिटर छ र कुल जनसंख्या २०७८ सालको जनगणन अनुसार ७६५०७ रहेको छ यो नगरपालिका कपिलवस्तु जिल्लामा रहेको १० वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो यस नगरपालिकाको कृषिमा ९३०८.२ हेक्टर, वनजंगलमा २४८९१.५ हेक्टर, जलीयमा १६०९.५ हेक्टर, आवासमा ४७२.५ हेक्टर क्षेत्रफल रहेको छ