






Bishasaya Samudayik Ban Upabhokta Samuha
विशासय सामुदायिक वन उपभोक्ता समुहको संक्षिप्त परिचय
समुहको गठन :- २०५४ साल श्रावण २५ गते
आवद्धता : सामुदायिक वन उपभोक्ता महासंघ नेपाल २०६० साल कार्तिक ११ गते
हस्तान्तरण :- २०६८-०७-२८ गते विधान कार्ययोजना प्रथम संशोधन २०७४ फागुन २८ गते
सिमाना :- पुर्व वनदेखी सामुदायिक वन उपभोक्ता समूह सुनवल-६ पश्चिम धौलागिरी प्रस्तावित सामुदायिक वन उपभोक्ता समूह सुनवल -१ उत्तर चुरे संरक्षित वन पर्वत शृङ्खला दक्षिण पुर्व - पश्चिम राजमार्ग र आवादी क्षेत्र
कार्यक्षेत्र : सुनवल नगरपालिका वडा नम्बर ६, १ सोमनाथ , पायनियर र रुपौलिया टोल , सुनवल वडा नम्बर ४ को बिहारी टोल , रामग्राम १,२ र ३ अन्तर्गत पायक पर्ने टोलहरु पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ परसिया टोल सम्म रहेको छ l
वनको प्रकृति : महाभारत पर्वत शृङ्खला दक्षिण ढलान भएको कालो पहेलो रातो माटो कमेरो माटो दक्षिण तर्फ सम्म परेको यो वन उपोष्ण सदाबहार मिश्रित प्रकृतिको पाइन्छ यो वनमा साल , अस्ना , जामुन , कुसुम, कर्मा, बडधाइरो , बाझी , खयर , सिमल , विजय साल , रोइनी , प्यारभलायो , सिशौ , जिङ्गड आदि पाइन्छ l
वनको क्षेत्रफल : वनको विधान कार्य योजना परिमार्जन नविकरण पछी ४६८.३८ हेक्टर बाट बढाएर ६१४.२९ हेक्टर रहेको छ l
जडिबुटीहरु: बेल , हररो , बररो , अमला , पिप्ला , कुरिलो , गुर्जिगानो , चिनिलहरो, गिठा , भ्याकुर , तेज पत्ता, धाइरो फुल , राजवृक्ष आदि l
वन्यजन्तु : घुमन्ते बाघ , भालु, चितुवा , हरिण , बदेल , वनगाई , स्याल , फ्याउरो , बादर , लोखर्के, ढेडु , खरायो आदि l
पंक्षीहरु :- मयुर , ढुकुर , तित्रो , कालिज , सानो धनेश , काग , जुरेको वाई , भंगेरो , सुगा, कोइली आदि l
पानीका मुहानहरु:- कुण्डापानी , बोहर पानी , जलुकी मुहान , शितल पानी , भोर्लाबास आदि l
वनको दुरि : यो सामुदायिक वन सदरमुकाम परासी देखि ११ कि.मि. को दुरीमा तथा स्थानीय सुनवल नगरपालिकाको कार्यालय देखि १ कि. मि. को दुरिमा रहेको छ l
घरधुरी संख्या : कुल घरधुरी संख्या १४५४ कुल जनसंख्या ७४७७ महिला ३६४८ पुरुष ३८२९
पशुचौपाया : गाईगोरु २९९, भैंसी रागा ४८९, बाख्रा भेडा १५९५ कुल पशु चौपाया संख्या २३९३ कार्यहरू गर्दै आएका छन l
"हामी बिसाशय सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरूको मुख्य उद्देश्य भनेको हाम्रो सामुदायिक वनलाई दिगो तरिकाले संरक्षण र उपयोग गर्नु हो यस क्षेत्रको वन स्रोतहरूलाई सस्तो र प्रभावकारी तरिकामा उपयोग गर्दै हामी स्थानीय समुदायको आर्थिक समृद्धि र पर्यावरणीय संरक्षण दुवैमा सन्तुलन ल्याउनको लागि प्रयासरत छौं हाम्रो समूहले वनबाट पाइने माटो, घाँस, दाउरा, र अन्य वन उत्पादनहरूको सही व्यवस्थापन गर्दै, वनको पारिस्थितिकी तंत्रलाई जोगाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ
हामी चाहन्छौं कि सबै सदस्यहरू एकजुट भएर वनका स्रोतहरूलाई दिगो र न्यायसंगत तरिकामा उपयोग गर्ने र भविष्यका पीढीको लागि सुरक्षित बनाउने कुरामा सक्रिय भइ काम गरौं यसका साथै, हामी समुदायमा वनमा आधारित व्यवसायको विकासलाई पनि प्रवर्द्धन गर्दै सस्तो र दिगो जीवनयापनको बाटो खोज्दैछौं"
सचीवको भनाई :-
"सम्पुर्ण उपभोक्ता ज्यूहरुमा नमस्कार"
विक्रम संवत् २०५४ साल श्रावण २५ गते समूहको गठन भएसँगै विभिन्न चरणहरूमा आरोह - अवरोहलाई छिचोल्दै विधान/ कार्ययोजना हस्तान्तरण देखी सामूदायिक वनले सा. व. को क्षत्रफल , वनको प्रकृति , जडिबुटी, पशुपन्छी तथा घरधुरी समेत कार्यक्षेत्रमा निर्धारण गरी सम्पुर्ण काम सम्हाल्दै आएको कुरा अवगत नै छ
यसै क्रममा वि. स. २०७६/०६/२५ गतेको दिन १३औं साधारण सभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्वत रूपमा यस सा. व.उ. स.मा सदस्यको रूपमा निर्वाचित निर्वाचित भई सो कार्यकाल सा. व. उ. स. का नीति,नियम र शैलीलाई पच्छ्याउँदै कार्य व्यस्ततामा नै बित्यो यसैगरी २०७९/११/२६ गते फेरि सा. व.को १६औं साधारण सभा तथा छैटौँ अधिवेशनबाट फेरि पनि सर्वसम्मत संस्थाको मुख्य भूमिका रहने जिम्मेवार ( सचिव ) पदमा निर्वाचित भई यस कार्यकालका लागि सम्पूर्ण पदभार सम्हाल्ने मौका प्रदान गर्नु हुने यस संस्थामा आबद्ध १४५४घरधुरीका सम्पुर्ण उपभोक्ता ज्यूहरु साथै समाजमा रहनु भएका वडा नं ६,१,४ पल्हिनन्दन ३ का सम्पुर्ण आदरणीय सामाजिक, राजनैतिक बौद्धिक तथा शैक्षिक व्यक्तित्वहरुमा हार्दिक सम्मान गर्न चाहान्छु l
मलाई जुन रुपमा अथवा जुन सोचाईले यहाँ सम्म ल्याउने कोशिस गर्नुभएको छ मैले यहाँहरुको त्यो सोचाई र बुझाईलाई मध्यनजर गर्दै यस कार्यकालका लागि सम्पूर्ण समय खर्चने छु सबै कुरा सबैले जानेको हुँदैन तर पनि हर सम्म जानेका काम गरौंला अनि नजानेको पक्षहरुमा सबैको साथ र सहयोगका लागि हर कदम अपेक्षामा रहने छु
सचिवकाे काम र कर्तव्य के हो भन्ने कुरालाई आत्मसात गर्दै समूहलाई कसरी एक डीक्का बनाउने, वन क्षेत्रको संरक्षण गर्ने , उपभोक्ता हरुका माझमा सा. व. सँग सम्बन्धित व्यावहारिक ज्ञान आदन प्रदान गर्ने, समूहको आर्थिक पक्ष सवल गराउने इत्यादि कार्यहरूमा प्रतिबद्धताका साथ अगाडी बढ्ने कोसिस गर्ने छु l
-
Ganga Prasad Ghimire
Chairman
+977-9847298744
-
Tek Prasad Neupane
vice president
+977-9866621485
-
Khageshwor Bhusal
Vice President
+977-9847553216
-
Manarupa Pathak
Secretary
+977-9847070762
-
Sita Kunwar
Treasurer
+977-9847290433
-
Durga Kumari Kafle
Joint Secretary
+977-98472१११३१
-
Rabilal Giri
Joint Treasurer
+977-9857037453
-
Sunar Pati Kanwar
Member
+977-9827487979
-
Maya Pokhrel
Member
+977-9847120622
-
Khagisara Budathoki
Member
+977-9804492993
-
Buddhi Prasad Thapa
Member
+977-9826440492
-
Bishnu Prasad Bhandari
Member
+977-9867484907
-
Sita Sunar
Member
+977-9811506590
-
Sita Thapa
Member
+977-9869202770
-
Bhagawati Kafle
Member
+977-9814459963
-
Sun Bahadur Tamang
Member
+977-9811969216
-
Saraswati Ghimire
Member
+977-9706234626
-
Krishna Prasad Paudel
Member
+977-9813040062
-
Nawaratna Giri
Member
+977-9812958402
-
Parbati Regmi
Member
+977-9810364191
-
Dipak Kanwar
Member
+977-9867485125
-
Omkanta Timilsina
Member
+977-9857030394
-
Manu Neupane
Member
+977-9867754312
Our News List
Map
1 Rating
1 Review
