जनसेवा माध्यमिक विद्यालय पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ६ बिसासयमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो विद्यालयले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ, जसका कारण दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई बाहिर महँगो शुल्क तिरेर जानुपर्ने बाध्यता हटेको छ l
सुनवल नगरपालिका, जहाँ यो विद्यालय अवस्थित छ, नेपालकै पहिलो बालमैत्री नगरपालिका हो यो नगरपालिका नवलपरासी जिल्लाको चुरेक्षेत्रको सानो भागसमेट्दै, उत्तरमा पाल्पा जिल्ला, दक्षिणमा रामग्राम नगरपालिका, पूर्वमा सरावल गाउँपालिका, पूर्वोत्तरमा बर्दघाटनगरपालिका तथा पश्चिममा रुपन्देही जिल्लासँग सिमाना जोडिएको छ l
जनसेवा माध्यमिक विद्यालयले स्थानीय समुदायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ विद्यालयले प्राविधिक शिक्षामा जोड दिँदै, विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्नेतर्फ अग्रसर रहेको छ l
प्रधानाध्यापकको भनाई :-
"जनसेवा माध्यमिक विद्यालयले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई सक्षम, अनुशासित, र जिम्मेवार नागरिकका रूपमा तयार पार्ने लक्ष्य लिएको छ आधुनिक प्रविधिको प्रयोग, अनुभवी शिक्षकको संलग्नता, र विद्यार्थी-केन्द्रित शिक्षण पद्धतिबाट हाम्रो विद्यालयले शिक्षाका विभिन्न पक्षमा सुधार ल्याउन निरन्तर प्रयत्न गर्दै आएको छ l
विद्यालय मात्र पाठ्यक्रमगत ज्ञान दिने संस्था नभई विद्यार्थीको चरित्र निर्माण, सिर्जनशीलता अभिवृद्धि, र व्यावहारिक सीप विकास गराउने थलो पनि हो हामीले बालमैत्री, सुरक्षित, र समावेशी वातावरण तयार पार्दै सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध छौं l
यस विद्यालयलाई अझ समृद्ध र प्रभावकारी बनाउन अभिभावक, स्थानीय समुदाय, तथा सरोकारवालाहरूको सहयोग अनिवार्य छ हामी सबैको साथ र सहकार्यले यस संस्थालाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न सफल हुनेछौं" l
फान प्रसाद श्रेष्ठ
प्रधानाध्यापक
श्री जनसेवा माध्यमिक विद्यालय बिसासय सुनवल-६ नवलपरासी (ब.सु.प.)