लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रा लि नामक सस्थाको स्थापना मूलत सेवाभावको उदेश्यले गरिएको हो |ज्योतिष तथा वास्तु आजको दिनमा अत्यन्त लोकप्रिय बिषय हुन् | मानिसले आफ्नो जीवनलाई सफल,सुखद्,सम्वृद्ध,सुव्यवस्थित र सन्तोषप्रद बनाउने सन्दर्भमा यी कुराहरुको आवस्यकता अपरिहार्य छ |मानिस आफ्नो भाग्यको जानकारी लिन चाहन्छ र दुर्भाग्य,दुर्घटना,नराम्रा ग्रहदशाबाट बच्ने उपाय खोज्दै भविष्यलाई समुन्नत र सफल बनाउन चाहन्छ |यी सन्दर्भमा ज्योतिष,वास्तुशास्त्र,योग,ध्यान,कर्मकाण्डको आवश्यकता र महत्व दिनानुदिन बढेको छ |यसै क्रममा यसको महत्व र आवश्यकतालाई मध्य नजर गर्दै नेपालकै सुन्दर शहर बुटवललाई मुख्य कर्म थलो बनाउने उदेश्यका साथ नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत कम्पनि रजिष्टरको कार्यालय काठमाण्डौमा मिति २०६७/१२/०७ गते दर्ता गरि नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व बिभागबाट स्थायी लेखा नम्वरको साथै बुटवल उप-महानगरपालिकामा समेत दर्ता गरि आधिकारिक तवरबाट संचालन गरिएको नेपालको ज्योतिष वास्तु क्षेत्रको एकमात्र अन्तराष्ट्रिय गुणस्तर चिन्ह ISO Certify प्राप्तगर्न सफल एक प्रतिष्ठित र नेपालकै लोकप्रिय ज्योतिष कार्यालय हो | सेवाग्राहीको आवश्यकता मध्यनजर गर्दै शास्त्रको मर्म,हाम्रो धर्म,बिज्ञान र प्रविधिको समुचित प्रयोग गर्दै समय सापेक्षिक सेवा प्रदान गरिरहेको छ |
ज्योतिष कुलमा जन्मिएर बुबा हजुरबुबाको संगत र सिकाइबाट १३ बर्षको वाल्यकालदेखिनै ज्योतिष परामर्शको थालनी गर्नुभएको र पछी ज्योतिष बिषयमा विद्यापीठ ,र विश्वविद्यालयको समेत अध्ययन गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आउनुभएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा ज्योतिषी जनार्दन न्यौपानेको नेतृत्वमा संचालित सस्था हो |नेपालमा मात्र नभएर एसिया युरोप लगायतका धेरै देशमा ज्योतिषीय अनुभव बटुल्नुभएका न्यौपानेले ज्योतिष तथा वास्तु क्षेत्रमा झन्डै २ दर्जन राष्ट्रिय,अन्तराष्ट्रिय सम्मान एवंम पुरस्कारबाट सम्मानित हुनुभएको छ | विश्व ज्योतिष महासंघको केन्द्रीय सदस्य,नेपाल ज्योतिष परिषद् प्रदेश नम्वर ५ को अध्यक्ष्य एवं केन्द्रीय सदस्य लगायत दर्जनौ संघ सस्थामा आबद्ध रहेर काम गर्नुभएको न्यौपानेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा वैज्ञानिक ढंगबाट उचित सेवा प्रदान गर्दै आइरहनुभएको छ | झन्डै १ दशक देखि बुटवलमा ज्योतिष तथा वास्तु क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको कार्यालयले बेलाबखतमा बिभिन्न धार्मिक एवम् सामाजिक कार्य गरिरहेको छ |बुटवलको मुटु ट्राफिकचोमा भौतिक सेवा सुबिधा सहित आधुनिक ढंगबाट संचालन गरिएको ज्योतिष कार्यालय नेपालकै व्यवस्थित र गुणस्तरीय कार्यालय मानिन्छ |