लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि. २०५६ सालमा साविक रामनगर गा.वि.स. हाल सुनवल नगरपालिका मा वित्तिय संस्थाहरु नभएको र केही रकमहरुको आवश्यकता परेमा साहुमहाजनको चर्को व्याज तिर्नुपर्ने तैपनि समयमा नै उपलव्ध नहुने अवस्थालाई मध्य नजर गरी स्थानीय २६ जना वुद्धिजिवि किसान कर्मचारी तथा सामाजिक व्यक्तित्व मिली सहकारी संस्थाको स्थापना भयो मिति २०५६/०८/२० गते सहकारी ऐन २०४८ अन्र्तगत डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको हो संस्थाको दर्ता न. १६०/०५६/०५७ रहेको छ संस्थाको नामाकरणका विषयमा कार्यक्षेत्र नजिकै रहेको सुप्रसिद्ध तिर्थस्थल तथा चर्चित पर्यटकीय स्थल लुम्विनीलाई आधार मानेर सर्वसम्मत रुपमा लुम्विनी वचत तथा ऋण सहकारी संस्था लि. राखीएको हो स्थापनाको समयमा रु २९९५२/– वचत तथा २६००/ शेयर रकम जम्मा गरीएको थियो स्थापनाको समयमा कार्यालय तथा कर्मचारीको व्यवस्था नभएका कारण तत्कालका सचिव भविश्वर चापागाईको नीजि पसलमा सञ्चालन गरीएको थियो त्यस पछि तत्कालिन रामनगर गा.वि.सको कार्यालयको सटरमा भाडा लिई १ जना कर्मचारी राखी कार्यालय सञ्चालनमा ल्याईएको थियो परिवर्तित समय र संस्थाको प्रगती सगसगै वि.स. २०६३ साल फाल्गुणमा संस्थाको नाममा १५ धुर जग्गा खरीद गरीयो वि.स. २०६६ साल आश्विन ३० गते भवनको शिलन्यास गरी २०६९ सालमा सम्पन्न गरी आफनै भवनवाट कार्यालय सञ्चालनमा ल्याइयो साथै २०७६ साल माघ २८ गते साविक लुम्विनी वचत तथा ऋण सहकारी स.स्था लि. सुनवल १२ तथा सुनवल वहुउद्धेश्यिय सहकारी स.स्था लि. सुनवल ४ वीच एकीकरण भै हाल लुम्विनी सुनवल वचत तथा ऋण सहकारी संस्था लि.सुनवल १२ रहेको छ भने १५ जना कर्मचारी कार्यरत रहेका छन संस्था सञ्चालनका क्रममा आवश्यक नीति तथा कार्यविधिहरु निमार्ण गरी संस्थालाई प्रविधिमैत्रि वनाईएको छ संस्थामा आवद्ध सवै पक्षलाई जिम्मेवार वनाई नेतृत्व र व्यवस्थापनको व्यवशायीक सोच विकासका लागी रणनैतिक व्यवशायीक योजना तयार गरीएको छ र संस्थाले नेपाल स्तरको प्रवेशन व्राण्ड समेत प्राप्त गरेको छ l
अध्यक्षको मन्तव्य
समाजको जराबाट नाममात्रको कोष र पूँजी संकलन गरेर आय आर्जन गर्ने महत्वाकांक्षाका साथ ३१ समाजसेवी, व्यवसायी र बुद्धिजीवीले जगनाथ मावि भुमहीमा भव्य बैठक गरी साउन २०५६ देखि आर्थिक संकलन गर्ने निर्णय गरेका हुन् डिभिजन सहकारी कार्यालय चितवनमा २०५६/०८/२० मा दर्ता भएको लुम्बिनी बचत तथा ऋण अपरेटिभ लिमिटेड रजिष्ट्रेसन नम्बर १५६ र सुनवल-४ मा रहेको सुनवल बहुउद्देश्यीय सहकारी लिमिटेड २०५६/०९/२१ मा दर्ता भई लुम्बिनीमा गाभिएको थियो सुनवाल बचत तथा ऋण सहकारी लिमिटेड , एक ठूलो प्रकारको सहकारी जसले समाजमा आर्थिक गतिविधिलाई बढावा दिन्छ डिभिजन सहकारी कार्यालय चितवनमा २०५६/०८/२० मा दर्ता भएको लुम्बिनी बचत तथा ऋण सहकारी लिमिटेड दर्ता नं १५६ र सुनवल४ मा रहेको सुनवल बहुउद्देश्यीय सहकारी लिमिटेड २०५६/०९/२१ मा दर्ता भई लुम्बिनीमा गाभिएको थियो सुनवाल बचत तथा ऋण सहकारी लिमिटेड, एक ठूलो प्रकारको सहकारी जसले समाजमा आर्थिक गतिविधिलाई बढावा दिइरहेको छ यस सहकारीले बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, सरवल गाउँपालिका र रामग्राम नगरपालिकाका केही वडा, वडा नं १२ भुमही, सहकारी चक, नवलपरासी पश्चिम, बर्दघाट सुस्ता, लुम्बिनी प्रदेश लगायतका जलाधार क्षेत्रमा आर्थिक गतिविधि सञ्चालन र दिगोपन गर्दै आएको छ l
ब्यवस्थापकको प्रतिबद्धता
संस्था स्थापना कालदेखि विभिन्न आरोह अवरोह पार गर्दै स्थानीय तथा राष्ट्रिय स्तरमा समेत पहिचान कायम गरी यस संस्थाले विभिन्न स्तरका सम्मान पुरस्कार साथै संस्थालाई नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कून) र सहकारी विभाग द्धारा संयुक्त रुपमा प्रदान गर्ने प्रोवेशन व्रान्ड प्राप्त गर्नु सदस्यहरुको संस्था प्रति गर्नु भएको अगाध माया ,विश्वास र योगदानको परिणाम हो यस अवधिमा संस्थाले सदस्यहरुको सम्पुर्ण वित्तिय आवश्यकता पुरा गर्न सक्ने सवल र सुरक्षित र भरपर्दो वित्तिय संस्था वन्न सफल भएको छ संस्थालाई पहिलो रोजाईको रुपमा स्थापित गर्नका लागी सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा , नीति ,विधि तथा प्रविधियुक्त सेवा प्रदानलाई प्राथमिकताको रुपमा राख्दै संस्थालाई अगाडी वढाउन प्रयासरत छौ आगामी दिनमा अझैँ प्रभावकारी व्यवस्थापनका लागी विभिन्न निकाय, सम्पुर्ण शेयर सदस्य ज्यूहरु , शुभचिन्तक एवम सहकारी अभियान्ता ज्यूहरुले मार्गनिर्देशन गरिदिनु हुन अनुरोध गर्दै उहाँहरुको राय सल्लाह र सुझाव लाई संस्थाको अमुल्य सम्पत्तिको रुपमा लिइने प्रतिवद्धता समेत गर्दछौं संस्था सञ्चालन प्रकृयालाई नियमित रुपमा जिवन्त रुप दिन चुस्त , दुरुस्त , पारदर्शि , इमान्दारीता , तथा लगनशिल भई व्यवस्थापन पक्षले सिकेका ज्ञान र सिपहरुलाई कार्यान्वयन गराई प्रतिष्पर्धात्मक र उत्कृष्टता सेवा दिनका लागी सक्षम गतीशिल प्रभावकारी र आधुनिक सेवा दिने कुरामा सचेत रहदै संस्थामा कार्यरत सम्पुर्ण कर्मचारी केन्द्रित भई गुणस्तरीय सेवा सहज र सर्वसुलव तरीकाले उपलव्ध गराउन प्रतिवद्ध छौ l